तारा एयरको नउडेको जहाज हराएको अफवाह मात्रै

-


     क्लिक गण्डकी     
     असार १८ गते २०८१ मा प्रकाशित


तारा एयर

तारा एयर

पोखरा, १७ असार/ आइतबार साझँ देखी एकाएक तारा एयरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि सबै तर्फ तरङ्ग मचियो ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि यसले एक कान दुई कान हुदै सबै तिर पुग्यो । वास्तविकता कुनै जहाज हराएको छैन ।

तारा एयरसँग हाल तीन वटा जहाज रहेका छन् । दुई वटा जहाज काठमाडौँमा नै रहेको जनाएको कम्पनीले सोमबार एउटा जहाजले नेपालगन्ज–सिमिकोट उडान भरेको जानकारी दिएको छ । दिउँसो १ः२७ बजे नेपालगन्ज अवतरण (ल्यान्ड) गरेको जहाज अहिले सोही विमानस्थलमा पार्किङमा छ ।

काठमाडौँमा रहेका दुईवटा जहाजमध्ये एउटा ग्राउण्डेड रहेको छ भने अर्को लुक्लाका लागि उडान तालिका रहेकोमा खराब मौसमका कारण उड्न नसकेर त्रिभुवन विमानस्थलमा नै पार्किङमा रहेको छ । तर, कम्पनीलाई जोडेर पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको भन्ने हल्ला मात्रै भएको बताए ।

सामाजिक सञ्जालमा फैलिएको अफवाहबाट आश्चर्यचकित र तनावमा परेको तारा एयरका सुदर्शन बर्तौलाले बताए । तारा एयरको कुनै पनि जहाज नउडेको र नहराएको जानकारी उनले दिए । पोखरा विमानस्थलले पनि सात दिन देखी जोमसोम पोखरा उडान नभएको बताएको छ ।



Tags: