गण्डकी टोस्टमास्टर्स क्लबको अध्यक्षमा श्रीविद्या रघुनन्दन कायस्त चयन

-


     क्लिक गण्डकी     
     असार १६ गते २०८१ मा प्रकाशित


गण्डकी टोस्टमास्टर्स क्लबको अध्यक्षमा श्री विद्या रघुनन्दन कायस्त चयन

गण्डकी टोस्टमास्टर्स क्लबको अध्यक्षमा श्री विद्या रघुनन्दन कायस्त चयन

पोखरा, १५ असार/ गण्डकी टोस्टमास्टर्स क्लबको अध्यक्षमा श्रीविद्या रघुनन्दन कायस्त सर्वसम्मत चयन भएकी छन् । क्लबको शुक्रबार पोखरामा सम्पन्न पाँचौं वार्षिक अधिवेशनले उहाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको भिपि एजुकेसनमा आदित्यदेव प्रजु, भिपी मेम्बरसिपमा मिलन केसी, पब्लिक रिलेसनमा सम्झना पराजुली, सचिवमा रजनी बराल, कोषाध्यक्षमा सुप्रिति श्रेष्ठ तथा सर्जन आर्मसमा इन्द्रेणी शर्मा चयन भए ।

क्लबका नयाँ पदाधिकारीहरूलाई क्लबका पूर्व अध्यक्ष बसन्त गौतमले पद तथा काम कर्तव्य बोध गराए । निवर्तमान अध्यक्ष प्रकाश रेग्मीले नयाँ कार्य समितिलाई शुभकामना व्यक्त गर्दै आफ्नों कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।

क्लबमा रजनी बराल टोष्टमास्टर्स अफ द इयर, इन्द्रेणी शर्मा राइजिङ्ग स्टार, बसन्त गौतम अनटोल्ड हिरो, आदित्यदेव प्रजु स्पिकर अफ द इयर घोषित भए । उनीहरुलाई क्लबका संस्थापक अध्यक्ष प्रकाशदेव पालिखेले पुरस्कृत व्यक्तित्वहरूलाई सम्मान गरे ।

समारोहमा डक्टर उमेश सिंह यादवले औद्योगिक विकास र थ्री सिस्टर्स एडभेन्चर का लकी क्षेत्रीले थ्री सिस्टरले समाजमा गरेको योगदानको बारेमा जानकारी दिएका थिए । सो अवसरमा क्लवका गतिविधीमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरेका थिए ।