गण्डकी र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

-


     क्लिक गण्डकी     
     असार ७ गते २०८१ मा प्रकाशित


पोखरामा वायु प्रदूषण उच्च

पोखरा, ६ असार/ देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले कोशी र मधेस प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेस प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

२०८१ असार ०६ गते (बिहीबार)

दिउँसोː कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ 

रातीː कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ 

२०८१ असार ०७ गते (शुक्रबार)

दिउँसोː कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र बाग्मती प्रदेशका केही, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |

रातीː कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बदली, लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ 

२०८१ असार ०८ गते (शनिबार)

दिउँसोː कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बाग्मती,  र  गण्डकी प्रदेशका केही, मधेश, र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |

रातीː कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले  यस कारण ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।