नेपाल र श्रीलंकाबीचको खेल रद्द, अंक बाडे

-


     क्लिक गण्डकी     
     जेठ ३० गते २०८१ मा प्रकाशित


नेपाल र श्रीलंकाबीचको खेल रद्द, अंक बाडे

नेपाल र श्रीलंकाबीचको खेल रद्द, अंक बाडे

अमेरिका, ३० जेठ/ आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक÷एक अंक बाँडेका छन् ।

मंगलबार रातिदेखि लगातार वर्षा भएपछि टस पनि हुन नसकेर खेल रद्द भएको हो । नेपाल र श्रीलंकाका दुवै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् ।

आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुवै टोलीले एक÷एक अंक बाँडेका हुन् ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

नेपालले अब सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग शनिबार र सोमबार बंगलादेशसँग खेल्नेछ । नेपाल समूह डीबाट शीर्ष दुईमा रहँदै सुपर–८ मा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ ।

बंगलादेश र नेदरल्यान्ड्सको समान २ खेलमा एकमा जित र एकमा हारसहित दुई/दुई अंक छ । नेटरनरेटका कारण बंगलादेश दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् ।

नेपाल २ खेलमा एक अंकका साथ चौथो स्थानमा छन् । श्रीलंका ३ खेलमा एक अंकका साथ पुछारमा छ ।