यी हुन् कास्कीका नयाँ सिडियो भरतमणि पाण्डे, राष्ट्रिय परिचयपत्रलाई सहजबनाउने

-


     क्लिक गण्डकी     
     जेठ २३ गते २०८१ मा प्रकाशित


भरतमणि पाण्डे

भरतमणि पाण्डे

पोखरा, २३ जेठ/ कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सोमबार देखी कार्यभार सम्हालेका छन् । वासुदेव घिमिरे सरुवा भएपछि पाण्डे कास्कीको प्रमुख जिल्ला अधिकारी भएर आएका हुन् ।

यस अगाडी रुपन्देही र मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भएर पाण्डेले काम गरि सकेका छन् । उनले मंगलबार पत्रकारहरु सँग अन्तरक्रिया गर्दै नागरिकलाई सेवा प्रवाह गर्ने सवालमा आफ्नो पहिलो प्रथामिकता भएको बताए ।

पर्यटनको राजधानी घोषणा भएको पोखरामा २४ सै घन्टा खुलाउनेदेखि विकास निर्माणका काममा सहजीकरण गर्ने बताए ।
राजनीतिक दल, नागरिक समाज, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

राष्ट्रिय परिपत्र र नागरिकताको प्रतिलिपी लिनेहरुको भीड कार्यालयमा अत्यधिक रहेकाले त्यसलाई कम गर्न काम थालिसकेको बताए ।

उनले राष्ट्रिय परिपत्रका लागि थप काउन्टरहरु सञ्चालनमा ल्याउने र विहान ८ बजे देखी नै काम शुरु गर्ने कामको थालनी भइसकेको बताए । कार्यक्रममा सहायक प्रजिअ गुरुदत्त ढकालले प्राप्त सुझाव अनुसार प्रशासनले सेवा प्रवाह सुधार गर्दै जाने बताए ।



Tags: