पश्चिमाञ्चल एसइइ कपको उपाधि स्टेप बाइ स्टेपलाई

-


     क्लिक गण्डकी     
     जेठ १७ गते २०८१ मा प्रकाशित


पश्चिमाञ्चल एसइइ कपको उपाधि स्टेप बाइ स्टेपलाई

पश्चिमाञ्चल एसइइ कपको उपाधि स्टेप बाइ स्टेपलाई

पोखरा, १७ जेठ/ पश्चिमाञ्चल माविले आयोजना गरेको प्रथम पश्चिमाञ्चल एसइइ कप फुटसल प्रतियोगिताको उपाधि पोखराकै स्टेप बाइ स्टेप माविले जितेको छ । विजेता स्टेप बाइ स्टेपले नगद २० हजार रुपैयाँ सहित उपाधि हात पा¥यो ।

उपविजेता रतुवा एफसी १५ हजार रुपैयाँ पायो । निर्धारित समयमा खेल २–२ गोलले बराबरी भएपछि टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा २–० गोल अन्तरले स्टेप बाई स्टेपले प्रतियोगिता जितेको हो । प्रतियोगितामा विभिन्न निजी र सामुदायिक गरि २६ वटा विद्यालयका टिम सहभागि थिए ।

‘स्वास्थका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने अभिप्रायले पश्चिमाञ्चल माध्यमिक विद्यालयले यो प्रतियोगिता राखेको हो । समापनमा खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ र विद्यालयका प्राचार्य सरोज कोइराला लगायतले उपाधि विजेता र उपविजेतालाई पुरस्कार दिएका थिए ।

गुरुङले युवापुस्तामा फुटसल खेलको क्रेज निकै नै बढेको बताए । उनले खेलले युवापुस्तालाई आकर्षण गरेको बताए । कास्की जिल्लाबाट यो वर्ष एसइइमा सहभागि विद्यार्थीबीच आपसी मित्रता तथा सद्भाव बढाउने उद्देश्यले यो प्रतियोगिताले राखेको विद्यालयका संयोजक देव क्षेत्रीले बताए ।