अवैधरुपमा नदीजन्य पदार्थ निकासी गर्ने ५ गाडी प्रहरी नियन्त्रणमा

-


     क्लिक गण्डकी     
     जेठ ७ गते २०८१ मा प्रकाशित


अवैधरुपमा नदीजन्य पदार्थ निकासी गर्ने ५ गाडी प्रहरी नियन्त्रणमा

अवैधरुपमा नदीजन्य पदार्थ निकासी गर्ने ५ गाडी प्रहरी नियन्त्रणमा

पोखरा, ७ जेठ/ अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न रहेको आरोपमा ५ वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नदीजन्य पदार्थहरुको चोरी निकासी भइरहेको भन्ने सूचनाका आधारमा आइतबार ती गाडी नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पोखरा १४ बाच्छीबुढुवास्थित घाटबाट अवैधरुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका ३ गाडी नियन्त्रणमा लिएको छ ।

ग१ख ६६०९ नम्बरको मिनी टिप्पर, ग१त ५४१६ नम्बर र ग१त ७०२४ न को ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले जौवारीमा नौंडाडाबाट पोखरातर्फ ढुंगा लोड गरी आउँदै गरेको ग१क ५३५३ नम्बरको मिनी टिप्पर र ना७ख ५९१ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको छ ।