पोखराका आकाश पराजुलीलाई अमेरिकामा ४ करोड बढीको छात्रवृत्ति

-


     क्लिक गण्डकी     
     जेठ ५ गते २०८१ मा प्रकाशित


पोखराका आकाश पराजुलीलाई अमेरिकामा ४ करोड बढीको छात्रवृत्ति

पोखराका आकाश पराजुलीलाई अमेरिकामा ४ करोड बढीको छात्रवृत्ति

पोखरा, ५ जेठ/ पोखरा महानगरपालिका १८ ग्यारजाती घर भई अमेरिकाको साउथ क्यारोलीना बस्दै आएका आकाश पराजुलीले अमेरिकाको प्रतिष्ठित वार्फड कलेजमा स्नातक तहमा वायोलोजी अध्ययनकालागि ४ करोड भन्दा बढीको पुर्ण छात्रवृत्ति पाएका छन् ।

१७ वर्षीय पराजुलीले चार वर्षे स्नातक कार्यक्रमका लागि वार्षीक ७६ हजार ३ सय १ डलरका दरले चार वर्षको ३ लाख ५ हजार २ सय ४ डलर ९ ४ करोड ५ लाख ९२ हजार नेपाली रुपैयाँ बराबरको छात्रवृत्ति पाएका हुन् ।

पराजुलीले पढाइपछिको फुर्सदको समयमा काम गर्ने संस्थाबाट अध्ययनकालागि वार्षिक २५ सय डलर बराबरको छुट्टै छात्रवृत्ति पनि पाएका छन् । उनको अध्ययन प्रतिको लगाव देखेर उनि कार्यरत संस्थाले पनि छात्रवृत्ति उपलब्ध गराएको आकाश बुवा वासुदेव पराजुलीले बताए।

हाइस्कुलमा म्यागनेट प्रोग्राम अन्तर्गत विज्ञान र गणित विषय लिएर अध्ययन गरेका पराजुलीले पूर्ण छात्रवृत्ति पाएका हुन् । चार वर्षे प्रिमेडको अध्ययन पुरा गरेपछि पराजुलीको लक्ष्य न्यूरो साइन्स अध्ययन गर्ने रहेको छ । पराजुली खेलकुदमा पनि उस्तै अब्बल छन् । पाँच वर्ष देखि सकर खेल्दै आएका उनि अध्ययनरत हाइस्कुलका सिनिसय टिमका खेलाडी हुन् ।

खेलकुल, अध्ययनमा अब्बल पराजुली सामाजिक क्षेत्रमा पनि काम गर्दै आएका छन् । भोलीको नेपाल नामक ग्रैर नाफा मुलक संस्था मार्फत नेपालका ग्रामिण क्षेत्रका विद्यालयका विद्यार्थीलाई सहयोग र सम्पर्क गर्दै आएका छन् । अमेरिकाको बिभिन्न राज्यमा रहेका उनको पुस्ताका दश जना बालबालिका यस संस्थामा आवद्ध रहेर भोलीको नेपाल नामक संस्था मार्फत सामाजिक सेवामा लागेका छन् ।

अमेरिकाको बिभिन्न स्टेटमा बस्ने बालबालिकाहरुले आफुले खर्च कटाएर बचाएको केही रकम र सन् २०२१ मा गो फन्ड मार्फत केही रकम संकलन गरेर खजुरा गाउँपालिकाको तिर्खा आधारभुत विद्यालयका ्एक सय जना विद्यार्थीलाई विद्यालयको पोशाक, स्टेसनरीको सामान, ज्याकेट प्रदान गरेका थिए । नेपाल संग सधै जोडिएर गाउँका दाजुभाइ, दिदीबहीनीहरुको सेवामा निरन्तर लागिरहने उनले सुनाए । यसकालागि अमेरिकामा रहेका साथीहरु एक भएर अघि बढ्ने पनि उनले बताए ।

अमेरिकाको प्रतिष्ठित कलेजमा पूर्ण छात्रवृत्ति पाएर छोराले अध्ययन गर्ने अवसर पाएकोमा आकाशका बुवा बासुदेव र आमा सरस्वती पराजुलीले खुशी व्यक्त गरे । अमेरिकामा पढाइको साथै सामाजिक क्षेत्र, खेलकुद, वातावरण लगायत कुनै पनि क्षेत्रमा लागेर योगदान दिइरहेका जेहेन्दार युवाले सहज रुपमा छात्रवृत्ति पाउने पराजुलीले बताए ।

देश निर्माणमा योगदान दिने युवा पुस्ता हरेक विषयमा तयार रहनु पर्छ भन्ने सन्देश पनि यसले दिने उनले सुनाए । बासुदेव ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान पश्चिमाञ्चल पोखराका पूर्व अध्यक्ष हुन् । उनको परिवार अमेरिकाको साउथ क्यारोलीना राज्यमा बस्दै आएका छन् ।



Tags: