एन प्याव्सन कास्कीद्धारा १ हजार २ सय शिक्षकलाई तालिम

-


     क्लिक गण्डकी     
     वैशाख २९ गते २०८१ मा प्रकाशित


एन प्याव्सन कास्कीद्धारा १ हजार २ सय शिक्षकलाई तालिम

एन प्याव्सन कास्कीद्धारा १ हजार २ सय शिक्षकलाई तालिम

पोखरा, २९ बैशाख / नेशनल प्याव्सन कास्कीको आयोजनामा शिक्षकहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । दुई दिन सम्म चल्ने उक्त तालिममा एन प्याव्सनमा आवद्ध मन्टेश्वरी देखि कक्षा १२ सम्मका १ हजार २ सय शिक्षकको सहभागिता रहेको छ ।

एन प्याव्सनमा आवद्ध विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।

‘एन प्याव्सनको वार्षिक कार्यक्रम अन्तर्गत शैक्षिक सत्रको शुरुवातसँगै शिक्षकहरुलाई तालिम दिइएको हो’ अधिकारीले भने,‘ नेपालक सरकारले ल्याएको एकिकृति पाठ्यक्रम अन्तर्गत रहेर तालिमको आयोजना गरेकोले तालिम उपलब्धिमूलक हुने छ ।’

सामि एजुकेशन डेभलपमेण्ट एण्ड रिसर्च कम्पनीका कार्यक्रम संयोजक सन्तोष बुढाथोकी एकिकृति पाठ्यक्रम अन्तर्गत रहर नै तालिममा सहजिकरण गरिने बताए ।

तालिममा बुढाथोकीसँगै यदुनाथ पौडेल, सुभाष गौतम, सचिता सुवाल, कृष्णप्रसाद सिग्देल, पुस्कर चौधरी, केदारप्रसाद ढकाल, शंकर भण्डारीले सहजिकरण गरेका छन् ।

तालिमको उद्घाटन गर्दै पोखरा महानगर पालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले सचेत नागरिक वनाउने काम योग्य शिक्षकले गर्ने बताए ।

‘सचेत र र योग्य नागरिक बनाउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको छ’ उनले भने,‘ आफ्ना हरेक समस्यालाई पर सारेर पनि शिक्षाको क्षेत्रमा शिक्षकले खेलेको भूमिका पंशशनिय छ ।’

उनले नेपाल सरकारले प्रष्ट योजना वनाउन नसक्दा विद्यार्थीहरु विदेश जानेको गरेको कुरा याथर्थ रहेको उल्लेख गरे ।

‘विद्यार्थीलाई नेपालमा नै वस्ने माष्टर प्लान वनाउन नसक्दा विद्यार्थी विदेशीने गरेको याथार्थ हो’ उनले भने,‘ विद्यार्थीलाई नेपालमा नै वस्ने वातवरण वनाउनका लागि योजान आवश्यकता छ ।’

एकिकृति पाठ्यक्रमले शिक्षा विधीलाई कक्षा कोठामा कसरी लागू गर्न सकिन्छ भन्ने रहेको बताउदै यसै अन्तर्गत रहेर तालिम दनि आग्रह गरे ।

नेशनल प्याव्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोचीले जिन्दगी वाच्न सक्ने शिक्षा अहिलको आवश्यकता रहेको बताए ।

‘शिक्षकको एक गल्तीले हजारौ विद्यार्थीको भविश्य विग्रन सक्छ । तसर्थ शिक्षक एक जिम्मेवार नागरिक भित्र पर्दछ’ उनले भने,‘ शिक्षकले पुस्तकको सहायताले जिन्दगी वाच्ने खालको शिक्षा दिन सक्नुपर्दछ ।’

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकाजी गुरुङ र सचिव प्रेमराज अधिकारीले बोलेका थिए ।