सामूहिक बलात्कार आरोपमा पोखरामा ३ जना पक्राउ

-


     क्लिक गण्डकी     
     वैशाख २७ गते २०८१ मा प्रकाशित


बलात्कार

बलात्कार

पोखरा, २७ वैशाख/ पोखरामा सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ परेका छन् । अमरसिंह चोकबाट वैशाख २४ गते उनीहरूलाई पक्राउ परेको हो ।

मादी गाउँपालिका ९ का ३६ वर्षीय चन्द्रबहादुर थापा, पोखरा १२ का ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियार पक्राउ परेका हुन् ।

उनीहरुले खाजा खान जाम भनि बसमा लगेर बलात्कार गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ । खाजा खान जाम भनी ललाई फकाई खेलकुद मैदानमा पार्किङ गरी राखेको बस भित्र लगी बियर समेत सेवन गर्न लगाएको भेटियो, कास्की प्रहरी डीएसपी वसन्तकुमार शर्माले भने, त्यसपछि पालैपालो जबरजस्ती करणी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

तीनै जनालाई जिल्ला अदालतबाट जबरजस्ती करणी (सामूहिक) मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको शर्माले बताए ।



Tags: