प्लस टुको परीक्षा सकेका विद्यार्थीलाई निःशुल्क तालिमको अवसर

-


     क्लिक गण्डकी     
     वैशाख २७ गते २०८१ मा प्रकाशित


प्लस टुको परीक्षा सकेका विद्यार्थीलाई निःशुल्क तालिमको अवसर

प्लस टुको परीक्षा सकेका विद्यार्थीलाई निःशुल्क तालिमको अवसर

पोखरा, २७ वैशाख/ नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडा पोखराले प्लस टुको परीक्षा सकेर बसेका विद्यार्थीलाई निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ ।

एसईई दिएर बसेका विद्यार्थीलाई निःशुल्क तालिम दिएको कलेजले प्लस टु दिएर बसेका विद्यार्थीलाई लक्षित गरी तालिम दिन लागेको हो ।

वारिष्टा, बेकरी, हाउसकिपिङ, फुड एण्ड बेभरेज, कुलिनरी आर्टस गरी ५ विधामा कलेजले एक सातासम्म निःशुल्क तालिम सञ्चालन गर्न लागेको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए । जेठ ७ गतेबाट तालिम सुरु हुने उनले बताए ।

प्लस टु दिएर बसेका देशभरका विद्यार्थीले तालिमका लागि आवेदन दिन सक्नेछन् । परीक्षा दिएर बसेका विद्यार्थीहरुको सिप, क्षमता तथा चौतर्फी विकासमा योगदान गर्ने लक्ष्यसहित तालिम आयोजना गरिएको प्रिन्सिपल रेग्मीले जानकारी दिए । तालिममा सहभागीहरुका लागि लन्च र यातायातको सुविधा समेत उपलब्ध हुनेछ ।

यस अगाडि एसईईमा सय जनालाई तालिम दिने तयारी भएपनि १ सय ५० जनालाई तालिम दिइएको रेग्मीले जानकारी दिए । प्लस टु दिएर बसेका सय जना विद्यार्थीले तालिमबाट लाभ लिन सक्नेछन् ।

यस पटक प्लस टु सकेका विद्यार्थीलाई प्रत्येक विधामा २० जनाका दरले सय जनालाई तालिम दिने तयारी भएको उनले बताए ।
नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज होटल म्यानेजमेन्टको पठनपाठन गर्ने नेपालकै पहिलो कलेज हो ।