
आगोलागि
पोखरा, २१ बैशाख/ पोखरा महानगरपालिका–२३ पन्चासेमा खाना पकाउने क्रममा आगोलागी भएर एक जना घाइते भएकी छन् । खाना पकाउने क्रममा लगाएको कपडामा आगो लाग्दा जलेर भैखु नेपाली घाइते भएकी छिन् ।
बिहीबार बेलुका घरमा खाना पकाउने क्रममा कपडामा एक्कासी आगोलागी भएको हो । नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएका छ ।
नेपालीको दुवै खुट्टा र कम्मरको भाग जलेको प्रहरीले जनाएको छ ।







