पोखरामा मिटरमा नचल्ने १३ ट्याक्सी एकै दिन काराबाही

-


     क्लिक गण्डकी     
     वैशाख ९ गते २०८१ मा प्रकाशित


पोखरामा मिटरमा नचल्ने १३ ट्याक्सी एकै दिन काराबाही

पोखरामा मिटरमा नचल्ने १३ ट्याक्सी एकै दिन काराबाही

पोखरा, ९ बैशाख/ पोखरामा मिटर प्रणालीमा नचलेका ट्याक्सी कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय कास्कीले छड्के गरेर एक दिन १३ ट्याक्सीलाई कार्वाही गरेको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले भदौ १ गतेदखि पोखरा उपत्यकामा अनिवार्य मिटरमा चल्नु पर्ने नियम कार्यान्यनमा ल्याएका थियो ।

मिटर प्रणाली लागु भएपछि ट्याक्सीको कडाइका साथ अनुगमन भएको प्रमुख शर्माले बताए । भदौ देखी अहिले सम्मको अवधिमा ५ सय ४ वटा ट्याक्सी कार्वाहीमा परेको उनले बताए । जरिवानाबाट मात्रै १४ लाख २८ हजार रुपैयाँ राजस्व उठेको बताए ।

मिटरमा नगुड्ने ट्याक्सीलाई सवारी ऐनअन्तर्गत कारबाही गर्ने गरिएको उनले बताए । मिटरमा हिँड्न अटेर गर्ने ट्याक्सी चालकले न्यूनतम २ हजार १ सयदेखि बढीमा ५ हजार ५ सयसम्म जरिवाना तिरेका हुन् ।

ट्याक्सीले मनपरी भाडा लिएर यात्रु ठग्ने गरेको जनगुनासो आए पछि कडाइ गरेको उनले बताए । ट्याक्सी मिटरमा जान नमाने १०३ नम्बरमा फोन गर्न पनि उनले अनुरोध गरे ।