पर्वतको जलजलामा श्रीमान श्रीमतीको हत्या

-


     क्लिक गण्डकी     
     चैत्र २० गते २०८० मा प्रकाशित


पर्वतको जलजलामा श्रीमान श्रीमतीको हत्या

पर्वतको जलजलामा श्रीमान श्रीमतीको हत्या

पोखरा, २० चैत/ पर्वतको जलजला गाउँपालिका–२ राममन्दिरमा गएराति श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेका छन् ।

सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बिहान शव भटिए पछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारदेखि कालीगण्डकी पारी रहेको छ । एक्लो ठाउँमा रहेको घरमा सूर्यबहादुर र उनकी श्रीमती बस्दै आएका थिए ।

लुटपाट गरेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान थालेको छ ।