पेट्रोलको मुल्य बढ्यो (पोखरा क्षत्रेमा कति)

-


     क्लिक गण्डकी     
     चैत्र १९ गते २०८० मा प्रकाशित


oil

पोखरा, १९ चैत/ नेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको छ । निगमले पेट्रोलको मुल्य लिटरमा चार रुपैयाँ बढेको छ ।

डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मुल्य भने यथावत छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार फरक छ ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको मुल्य लिटरको १७२ रूपैयाँ ५० पैसा पुगेको छ ।

यस्तै दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मुल्य लिटरको १७४ रूपैयाँ पुगेको छ । तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा १७५ रूपैयाँ पुगेको छ ।