होली खेल्ने क्रममा ग्याङ फाइट हुदाँ २ जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     चैत्र १२ गते २०८० मा प्रकाशित


फाइट

फाइट

ललितपुर, १२ चैत/ ललितपुरमा होली खेल्ने क्रममा झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ । आइतबार राति ललितपुरको धोलाहिटीमा झडप भएको थियो ।

झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रहरीले बताएको छ ।