एक्सपर्ट एजुकेशनले आयोजना गर्ने “Expert Edu Conclave” तयारी पूरा

-


     क्लिक गण्डकी     
     चैत्र ७ गते २०८० मा प्रकाशित


Expert Edu Conclave

Expert Edu Conclave

पोखरा, ७ चैत /विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई एक्सपर्टले शैक्षिक परामर्श गर्ने भएको छ। एक्सपर्ट एडुकेशनले विद्यार्थीलाई मध्यनजर गर्दै Expert Edu Conclave आयोजना गरेको हो।

आफ्ना विद्यार्थीलाई उच्च शिक्षाको बारेमा जानकारी दिने हेतुका साथ आयोजना गरेको एकुकेशन कन्केलभको तयारी पूरा भएको एक्सपर्टले जनाएको छ।

विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रम Expert Edu Conclaveआयोजना गरिएको एक्सपर्ट पोखराका मार्केटिङ म्यानेजर विष्णु प्रसाद गौतमले जानकारी दिए।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पोखराको ट्रेड मल स्थित एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेजुको कार्यालयमा हुने एक्सपर्ट Expert Edu Conclave मा विभिन्न भौचरस् मुभि भौचर, बन्जी जम्प, फुड, ह्यापी होलि लगायतको भौचर सुविधा उपलब्ध रहेको एक्सपर्ट पोखराका अप्रेसन म्यानेजर रमेश बास्तोलाले जानकारी गराए ।

एकै स्थानमा तथा एकै दिनमा विद्यार्थीलाई वैदेशिक शिक्षाका बारेमा आवश्यक जानकारीहरु प्रदान गर्नु कार्यक्रमको उद्देश्य हो । Expert Edu Conclave कार्यक्रममा ४ देशका २५ भन्दा धेरै कलेज तथा युनिभर्सिटीका प्रतिनिधित्व रहनेछ । विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीले अष्ट्रेलिया, युके, न्युजिल्याण्ड र आएरल्याण्डका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसँग संवाद गर्न पाउने एक्सपर्ट पोखराका एकेडेमी डाइरेक्टर सलि देवानले बताए ।

यस्तै एक्स्पर्टले नेपालका प्रमुख १६ शहरहरुमा शाखाहरु सञ्चालनमा ल्याएको छ । विश्वका २५ देशका ६५ भन्दा बढी शहरहरुबाट समेत एक्स्पर्टले सेवा प्रवाह गरिरहेको छ । बिगतका वर्षहरुमा झै यस वर्ष पनि नेपालका शहरहरु धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौंडा, विराटनगर, विर्तामोड र काठमाडौंमा एक्स्पर्टले विभिन्न कार्यक्रमको आयोजना गर्दै छ ।

Expert Edu Conclave मा सहभागी हुने विद्यार्थीलाई आकर्षक पुरस्कारको व्यवस्था पनि गरेका गरिएको एक्स्पर्टले जनाएको छ। कार्यक्रममा सहभागी विद्यार्थीलाई एक्स्पर्टबाट दिइने आयल्स, पीटीई क्लासमा समेत छुट दिइने छ । एक्स्पर्टले बिगत दुई दशकदेखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आएकाले पनि विदेश अध्ययन गर्न जानका लागि एक्स्पर्ट विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।