
सावित्रा भण्डारी ‘साम्बा’
पोखरा, १५ फागुन/ नेपाली राष्ट्रिय महिला फुटबल टोली वाफ महिला च्याम्पियनसिप २०२४ को फाइन प्रबेशका लागि आज लेवनान सँग भिड्दै छ ।
साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैसल स्पोर्ट्स सिटीमा हुने खेल नेपाली समयअनुसार रातको १०ः४५ बजे सुरु हुनेछ ।
नेपाल समूह चरणमा शत प्रतिशत जित निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । लेवनानले भने समूह चरणमा २ जित र १ हारको नतिजा निकालेको थियो ।
नेपालले पहिलो खेलमा सिरियालाई ४–१, दोस्रो खेल इराकलाई ५–० र अन्तिम खेलमा प्यालेस्टाइनमाथि ४–० को जितसँगै नेपाल समूह विजेता बनेको हो । लेवनानले पहिलो खेलमा गुआम माथि ४–३ को प्रतिस्पर्धात्मक जित निकालेको थियो ।
त्यसपछि साउदीलाई २–३ ले हराएको लेवनान अन्तिम खेलमा भने जोर्डनसँग २–० ले पराजित भयो । पहिलो सेमिफाइनलमा प्यालेस्टाइन र जोर्डन खेल्नेछन् । प्रतियोगताको फाइनल विहीबार हुनेछ ।
यो प्रतियोगितामा नेपाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ ले ३ खेलमा ८ गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ता सूचीमा छन् ।





