कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक (रुटिङ सहित)

-


     क्लिक गण्डकी     
     फागुन ६ गते २०८० मा प्रकाशित


राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्ड

पोखरा, ६ फागुन /राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालमा हुने कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा २०८१ वैशाख १४ गतेदेखि सुरु हुने छ र वैशाख २६ गते सकिने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुने छ ।

सोही दिन नयाँ कोर्सको सँस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक सँस्कृत रचनाको परीक्षा हुने छ ।



Tags: