
पोखरा म्याराथनमा केन्याली धावकको वर्चस्व
पोखरा, ५ फागुन/ सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा केन्याली धावकले वर्चस्व कायम गरेका छन् । १८ औं संस्करणको सफल पोखरा म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान केन्याली खेलाडीले विजयी बने ।
निर्धारित ४२.१९५ किलोमिटरको दुरी केन्याली धावक जुलियास मुरियाली वाहोमल २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गर्दै पहिलो हुन सफल भए । केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डमा दुरी पुरा गरे । केन्याका इडविन किप्लागटले २ घण्टा २० मिनेट ४५ सेकेण्डमा म्याराथन गदै तेस्रो स्थान पक्का गरे ।
नेपालका किरण सिंह बोगटी चौथो स्थानमा आउन सफल भए । उनले २ घण्टा २४ मिनेट ०२ सेकेण्डमा म्याराथन पूरा गरे । १८ औं संस्करणको पोखरा म्याराथनमा १३ देशका १ सय ८ धावकहरुले सहभागिता जनाएका थिए । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना भएको म्याराथनमा सर्वाधिक देशका धावकको सहभागिता रहेको हो ।
त्यसै गरी २१ किलोमिटर हाफ्म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो भइन् । उनले १ घण्टा १८ मिनेट ३९ सेकेण्डमा दौड पुरा गरिन् । त्यसै गरी केन्याकी अबिचल जिरोपले १ घण्टा १९ मिनेट २ सेकेण्ड दुरी पुरा गर्दै दोस्रो, राममाया बुढा १ घण्टा १९ मिनेट २२ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो र फुलमति रानाले १ घण्टा २१ मिनेट ७ सेकेण्डमा दुरी पुरा गरे ।
महिला हाफ म्याराथनमा १७, १० किलोमिटरमा पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किमिमा ५ सय ९०, छात्रामा ४८० को जनाको सहभागिता जनाएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।
म्याराथनको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गरे । यस्तै गण्डकी प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ गरे । महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार दोस्रो एक लाख, तेस्रोले ७५ हजार सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै पुरुष १० किमि दौडमा ३१ मिनेट १५ सेकेण्डमा दुरी पार गरी टंक बहादुर कार्की पहिलो, सुवास कार्की दोश्रो हुँदा ३२ मिनेट ३७ सेकेण्ड लगाए भने, तेश्रो भएका सन्जिब नेपाली तेश्रो ३३ मिनेट २९ सेकेण्डमा दुरी पार गरे ।
महिला १० किमि दौडमा ४२ मिनेट १६ सेकेण्डमा दुरी पार गरी आशा रावत पहिलो हुँदा ४२ मिनेट २४ सेकेण्डमा दुरी पार गरेकी सिमा चौधरी दोश्रो र ४४ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै नम्रता गुरुङ तेश्रो भएकी छन् ।
५ किछि छात्र दौडमा तेन्जन रोक्का मगर पहिलो, प्रकाश थिङ दोश्रो र इश्वर ढकाल तेश्रो भए भने छात्रातर्फ नारायणी भण्डारी पहिलो, गिता श्रेष्ठ दोश्रो र एन्जीला जिटी तेश्रो भइन् ।
५ किमि भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही, निम बहादुर थापा क्रमश पहिलो, दोश्रो र तेश्रो भए भने महिलातर्फ चित्रा गुरुङ, विष्णु कुमारी गुरुङ र चेत माया पगेनी क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन्






