फेरी बढ्यो पेट्रोल–डिजेलको मूल्य, पोखरामा कति ?

-


     क्लिक गण्डकी     
     फागुन ३ गते २०८० मा प्रकाशित


नेपाल आयल निगम

नेपाल आयल निगम

पोखरा, ३ फागुन/ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई÷दुई रूपैयाँ बढाएको जनाएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ १७१ रूपैयाँ प्रतिलिटर, डिजेल र मट्टीतेल १५९ रूपैयाँ पर्नेछ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रूपैयाँ प्रतिलिटर, डिजेल र मट्टीतेल १६० रूपैयाँ पर्नेछ ।