
पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको अन्तिम आठमा, गोलपछि खुसियाली मनाउदै मानबहादुर परियारसहित पुलिसका खेलाडी तस्बिरः सुर्दशन रञ्जित
पोखरा, १२ माघ/ आहा रारा पोखरा गोल्डकपको सफल टोली नेपाल पुलिस क्लब २३ औं आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रबेश गरेको छ ।
पोखरा रंगशामा भएको विभागीय डर्बीमा पुलिसले एपीएफलाई २–० ले हराउँदै पुलिस अन्तिम आठमा प्रबेश गरेको हो ।
पुलिसलाई जिताउन दिलान दुवै गोल मानबहादुर परियारले गरे । उनले खेलको १९ औं र ७० औं मिनेटमा गोल गरे । उनी म्यान अफदि म्याच हुन सफल भए ।
उनले पहिलो गोल प्रताप गुरुङले हानेको फ्रिकिकमा पेनाल्टी बक्समा रहेका परियारले हेडमार्फत जाली चुमाए । त्यसै गरी खेलेका दोस्रो हापमा मान बहादुर परियारले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे ।
उनले क्रसमा प्राप्त बललाई हेड मार्फत गोल गरेका थिए । पुलिस आहा राराको ६ पटको विजेता हो भने एपिएफले १ पटक उपाधि चुमेको छ ।
पुलिसले माघ १६ गते मंगलबार हुने क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग खेल्ने छ । शनिबारको खेल पारो एफसि भुटान र थ्रीस्टार क्लब विच पहिलो क्वार्टफाइनल खेल हुनेछ ।





