
स्याङ्जाको वालिङमा बोलेरो जिप दुर्घटना, एक जनाको मृत्यु, २० जना घाइते
पोखरा, १२ असार/ स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा पर्ने मिर्दी–चापाकोट सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
ताप्केतर्फबाट वालिङ आउँदै गरेको बिएए ७९०५ नम्बरको डबल क्याप बोलेरो जिप सडक छेउमा पल्टिँदा वालिङ–७ निवासी २५ वर्षीय राजेन्द्र बिरकट्टाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिपमा चालकसहित २२ जना सवार रहेका थिए। दुर्घटनामा घाइते भएका २० जनालाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि १७ जनालाई पोखरा र २ जनालाई बुटवल रिफर गरिएको छ। एक जना बालकको भने प्राथमिक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ।
पोखरा रिफर गरिएकामध्ये रुपकला सारू, सुमित्रा गुरुङ र मायादेवी सुनारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको अवस्था मध्यम रहेको छ।
दुर्घटनापछि जिप चालक वालिङ–७ निवासी २८ वर्षीय मिनबहादुर सारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
घाइतेहरुको विवरणः
१) जि. स्याङ्जा वालिङ न.पा. -०७ बस्ने वर्ष ४६ की रुपकला सारू – टाउको अनुहार र छातीमा चोट, अवस्था सिरियस ।
२) जि. रुपन्देही, गैडाहवा गा.पा. वडा नं. -०४ बस्ने वर्ष ५५ की सुमित्रा गुरूङ- टाउको अनुहार र छातीमा चोट, अवस्था सिरियस
३) जि. नवलपरासी पूर्व कावासोती न.पा. -०५ बस्ने वर्ष ४१ की मायादेबी सुनारी- टाउको छाती, दाहिने हातमा चोट, अवस्था सिरियस ।
४) ऐ.ऐ. बस्ने मायादेबी सुनारी की छोरी वर्ष १२ की कर्मिसा सुनारी – छातीमा चोट , अवस्था मध्यम ।
५) जि. स्याङ्जा वालिङ न.पा.-०७ बस्ने वर्ष ४५ की जैकला सारू – शरिरमा भित्रि चोट, अवस्था मध्यम ।
६) जि. कास्की पोखरा म.न.पा. वडा नं. -०९ बस्ने वर्ष २० की रुक्सना थापा – टाउकोमा चोट, अवस्था मध्यम ।
७) जि. रुपन्देही देबदह न.पा. वडा नं. -०५ बस्ने वर्ष ४६ की कमला थापा – छाती र ढाडमा चोट, अवस्था मध्यम ।
८) जि. स्याङजा बिरुवा गा.पा. ०६ बस्ने बर्ष ३९ को टोप बहादुर थापा – छाती र ढाडमा चोट, अवस्था मध्यम ।
९) जि.स्याङजा वालिङ न.पा. ०७ बस्ने बर्ष ४९ की गौमाया सारू – छाती र ढाडमा चोट, अवस्था मध्यम ।
१०) जि.स्याङजा वालिङ न.पा. ०७ बस्ने बर्ष ५९ को बेल बहादुर आले – छाती र ढाडमा चोट, अवस्था मध्यम ।
११) जि.स्याङजा वालिङ न.पा. ०७ बस्ने वर्ष ३० को कुमार सारु- छाती र ढाडमा चोट, अवस्था मध्यम ।
१२) जि.स्याङजा वालिङ न.पा. ०७ बस्ने वर्ष ३८ की ज्ञानुमाया सारू – छाती र ढाडमा चोट, अवस्था मध्यम ।
१३) जि. नवलपरासी पुर्व, गैडाकोट न.पा. २ बस्ने बर्ष २६ की आस्मा तामाङ सारु टाउको , वाँया हातमा चोट मध्यम ।
१४) जि. नवलपरासी पुर्व, गैडाकोट न.पा. २ बस्ने बर्ष २० महिनाकी प्रिन्सा सारु टाउको र हातमा चोट मध्यम आस्मा तामाङ सारुको छोरी ।
१५) जि. रुपन्देही गैडाहवा गा. पा. वडा नं. -०४ बर्ष ४० की साबित्रा मगर छाती र खुट्टामा चोट मध्यम ।
१६) जि. रुपन्देही गैडाहवा गा. पा. वडा नं. -०४ बस्ने बर्ष ५१ की धन कुमारी उचाई ढाड र वाँया हातमा चोट मध्यम ।
१७) जि. रुपन्देही देवदह ना.पा. ६ बस्ने बर्ष ५१ कि नन्द कुमारी राना छाती ,हात र खुट्टामा चोट मध्यम ।
बुटवल रिफर गरिएका घाइतेहरुको विवरण:
१८) जिल्ला रुपन्देही, वुटवल तिलोतमा गा.पा.-७ भलभाडि निवासि वर्ष ७३ कि भिम कुमारि
१९) जिल्ला रुपन्देही,वुटवल तिलोतमा गा.पा.-७ भलभाडि बस्ने वर्ष ४७ कि लालसुवा थापा





