पोखरामा जुवा खेल्दै गरेका २० जना ६ लाख रुपैया सहित पक्राउ

-


     क्लिक गण्डकी     
     कार्तिक ५ गते २०८२ मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, ४ कात्तिक/ पोखराका विभिन्न स्थानमा जुवातास खेल्ने–खेलाउनेहरुलाई कास्कीले प्रहरीलाई निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले ४ दिन अवधिमा २० जनालाई ६ लाख रुपैयाँसहित पक्राउ गरेको छ ।

पोखराको नयाँबजार, विजयपुर र मोहरिया टोलबाट उनीहरुलाई पक्राउ गरिएको सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा १ कत्तिकदेखि प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान तथा कारवाही प्रकृया अगाडि बढाइएको डिएसपी बस्नेतले जानकारी दिए ।

पोखरा ९, नयाँबजारमा जुवा तास खेल्ने–खेलाउने ५ जना पक्राउ परेका हुन् । निजको साथबाट तास र २ लाख ५१ हजार बरामद गरिएको छ ।

पोखरा २६, विजयपुरस्थित लप्सीबोट सामुदायिक जंगला कौडा खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट कौडाको गोटीसहित ७७ हजार बरामद गरिएको हो ।

पोखरा २, मोहरिया टोलमा जुवा खेल्ने–खेलाउने ८ जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट ६ बुक तास र २ लाख ७३ हजार बरामद गरिएको प्रहरीले जनायो ।



Tags: