ढाकामोहनले सुनाए एक दर्जन लघुकथा र कविता

-


     क्लिक गण्डकी     
     भाद्र १ गते २०८२ मा प्रकाशित


ढाकामोहनले सुनाए एक दर्जन लघुकथा र कविता

ढाकामोहनले सुनाए एक दर्जन लघुकथा र कविता

पोखरा, १ भदौ/ पोखरा ७ मासबार रहेको ढाकामोहन बरालको घरमा शनिबार दिऊसो एक पछि अर्को साहित्यकार आए । साढे तीन बसे सम्म त उनको घरको पिढि र आगनमा साहित्यकारहरुले भयो ।

गण्डकी अबिरल साहित्यिक यात्रा अन्तरगत चौथो श्रखला उनको घरमा भएको थियो । गण्डकी अबिरल साहित्यिक यात्रामा महिनाको अन्तिम शनिबार एक जना साहित्य अनुरागीको घरमा पुगेर उनकै सृजनाहरु सुन्ने गरिन्छ ।

शनिबार ढाकामोहनले ८ वटा लघुकथा र ४ वटा कविता सुनाए । उनका सृजनाको समीक्षा गर्दै नेपालप्रकाश अधिकारीले बरालका सृजनाहरु उत्कृष्ट रहेको बताए ।

उनले लघुकथा र कविताले सबैको मन छुन सफल भएको बताए । कार्यक्रममा डा उमनाथ बराल, गण्डकी प्रज्ञाप्रतिष्ठानका सदस्य सचिब मनकुमार श्रेष्ठ, छन्दमणी लगाएतले उनका सृजनाका बारेमा चर्चा गरे ।



Tags: