नवआदर्श समाजमा तीज महोत्सको पुरुष भलिबलको टाइटल स्पोन्सर हिमश्री फुड्स

-


     क्लिक गण्डकी     
     श्रावण २८ गते २०८२ मा प्रकाशित


नवआदर्श समाजमा तीज महोत्सको पुरुष भलिबलको टाइटल स्पोन्सर हिमश्री फुड्स

नवआदर्श समाजमा तीज महोत्सको पुरुष भलिबलको टाइटल स्पोन्सर हिमश्री फुड्स

पोखरा, २७ साउन/ नवआदर्श सामुदायिक विकास समाज पोखरा लामाचौर तीज महोत्सवलाई हिमश्री फुड्सले साथ दिने भएको छ ।

महोत्सवको मुख्य इभेन्ट खुला पुरुष भलिबल प्रतियोगिताको टाइटल स्पोन्सर नवआदर्श र हिमश्री फुड्सबीच सम्झौता भएको हो । सम्झौतापत्रमा आयोजक तर्फबाट अध्यक्ष दिनेश भण्डारी र हिमश्री तर्फबाट महाप्रबन्धक शिव गिरीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

हिमश्री फुड्सकै मुख्य प्रायोजनमा पोखरामा २४ वर्षदेखि आहारारा पोखरा गोल्डकप चलिरहेको छ । रारा चाउचाउ हिमश्रीको मुख्य उत्पादन हो । नवआदर्शले आगामी भदौ ८ देखि १० गतेसम्म २९ औं वार्षिकोत्सव समारोह एवं २७ औं लामाचौर तीज महोत्सव गर्दैछ ।

लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि परिसरमा हुने उक्त कार्यक्रममा विविध सांस्कृतिक एवं खेलकुदका गतिविधि हुने छन् । भलिबलको अर्को इभेन्ट अन्तरमावि छात्रा भलिबललाई एक्सपर्ट एजुकेशनले टाइटल स्पोन्सर गरिसकेको छ ।

महोत्सव पहिलो दिन अन्तरमहिला समूह तीज गीत प्रतियोगिता सुरु हुनेछ भने दोस्रो दिन विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने अध्यक्ष भण्डारीले बताए ।