
पोखरा १७ छहारी टोल विकास संस्थाको सडक दौड जेठ २४ गते
पोखरा, २२ जेठ/ पोखरा महानगरपालिका वडा नम्वर १७ छहारी टोल विकास संस्थाको आयोजनामा जेठ २४ गते सडक दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
टोल विकास संस्थाको आयोजनामा हुने सडक दौड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक छहारी टोल विकास संस्थाका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए ।
प्रतियोगितामा तीन किलोमिटर विद्यालयस्तरीय छात्रा तथा छात्र दौड, टोल सुधार समिति, युवा क्लबको खुल्ला पाँच किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगिता हुने उनले जानकारी दिए । विद्यालयस्तरीयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने जनाइएको छ ।
विद्यालयस्तरीयमा १६० र टोल सुधार तथा युवा क्लब खुल्ला पाँच किलोमिटर दौडमा एक सय जनाको सहभागीता रहने टोल विकास संस्थाका सचिव चेतन शर्माले जानकारी दिए ।
विद्यालय स्तरीय स्पर्धामा छात्र तथा छात्राको दुवै तर्फकालाई प्रथमले सात हजार, द्वितियले पाँच हजार, तृतियले तीन हजार र सान्त्वनालाई एक हजार प्रदान गरिने उनले बताए ।
त्यस्तै पाँच किलोमिटर महिला तथा पुरुष दौडमा प्रथमले पाँच हजार, द्वितियले तीन हजार, तृतियले दुई हजार र सान्त्वनाले एक हजार रुपैयाँ पाप्त गर्ने उनले जानकारी दिए । प्रतियोगितालाई पोखरा–१७ वडा कार्यालयले विशेष सहयोग गरेको उनले बताए ।
विद्यालयस्तरीय दौड आँखा हस्पिटल चोकदेखि बराल फिडसम्म हुनेछ भने महिला पुरुष दौड आँखा हस्पिटलबाट सुरु भई छोरेपाटन स्थित वि.एस. पेटेल पम्पमा पुगेर पुनः आँखा हस्पिटल चोकमै आएर समापन हुने अध्यक्ष गोदारले जानकारी दिए ।





