डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल, उपविजेता गण्डकीको विजयी शुरुवात

-


     क्लिक गण्डकी     
     जेठ ९ गते २०८२ मा प्रकाशित


डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल, उपविजेता गण्डकीको विजयी शुरुवात

डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल, उपविजेता गण्डकीको विजयी शुरुवात

पोखरा, ८ जेठ/ नवौं पिएम कप एनभिए भलिबल लिगको पुरुषतर्फ डिफेन्डिङ च्याम्पियन हेल्प नेपालले विजयी शुरुवात गरेको छ । हेल्प नेपालले आर्मीलाई सोझो सेटमा हराउदै विजयी शुरुवात गरेको हो ।

अर्को खेलमा गण्डकी प्रदेशले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३–१ ले पराजित गर्यो । गण्डकीले २५–१५, २५–२१, २५–२२ र २५–२० ले हराउँदै कोशीलाई हरायो ।

त्यसअघि विहीबार भएको पुरुषतर्फको‌ पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो । एकतर्फी जित निकाल्ने क्रममा एपिएफ २५–१९,२५–१६,२५–१६ ले विजयी भएको थियो ।

त्यसअघि महिलातर्फ एभरेष्ट भलिबल क्लब र एपिएफले विजयी सुरुवात गरेका छन् । एभरेष्टले पुनरागमन जित निकाल्ने क्रममा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको छ । पोखरा रंगशालास्थित कभर्ड हलमा पहिलो सेट २२–२५ ले गुमाएको एभरेष्टले त्यसपछि लगातार २५–१९, २५–१७,२५–१३ ले सेट आफ्नो पक्षमा पारेको हो।

राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको एभरेष्टमा ३ थाइल्याण्डका खेलाडी सहित मैदान उत्रिएको थियो ।
त्यसअघि एपिएफ क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले जितबाट लिगको यात्रा सुरु गरेको हो । एपिएफले २५–१०, २५–१०, २५–१५ को सहज जित निकालेको हो ।

नेपाल भलिबल संघको आयोजनामा एक‌ साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले‌ सेमिफाइनल खेल्ने छन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे ।



Tags: