पोखरामा बिहीबार देखी हुने एनभीए भलिबल लिगको खेलतालिका सार्वजनिक

-


     क्लिक गण्डकी     
     जेठ ८ गते २०८२ मा प्रकाशित


पोखरामा बिहीबार देखी हुने एनभीए भलिबल लिगको खेलतालिका सार्वजनिक

पोखरामा बिहीबार देखी हुने एनभीए भलिबल लिगको खेलतालिका सार्वजनिक

पोखरा, ७ जेठ/ बिहीबारदेखि पोखरामा सुरु हुने नवौं पीएम कप एनभीए महिला÷पुरुष भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा हुने खेल बिहीबार विहान ८ बजे महिलातर्फ एपीएफ र कर्णालीको बीचमा हुनेछ । उद्घाटन खेल दिउँसो चार बजे गण्डकी प्रदेश र कोशी प्रदेश बिच हुनेछ ।

त्यस्तै पुरुषतर्फ पहिलो खेल दिउँसो १२ बजे एपीएफ र सुदुरपश्चिमको बीचमा हुनेछ । बिहीबार नै महिलातर्फ थप एक खेल र पुरुषतर्फ थप ३ खेल पनि हुनेछन् । प्रतियोगिताको खेलहरु पोखरा रंगशालाको बहुउद्देशिय कभर्डहलमा हुनेछ ।

पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लब सहभागी हुनेछन् ।

महिलातर्फ नेपाल प्रहरी क्लब, एपिएफ क्लब, न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब बुटवल र कर्णाली प्रदेश टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रत्येक टिमले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउनेछन्। महिला तथा पुरुष दुवै तर्फका विजेता टिमलाई ८ लाख, उपविजेतालाई ४ लाख र तेस्रोलाई ६ लाख रुपैयाँ पुरस्कार दिइनेछ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५०,००० रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५,००० रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब ९० लाख रुपैया लाग्ने आयोजकको अनुमान छ । यो प्रतियोगिता राजधानी बाहिर पहिलो पटक हुन लागेको हो ।