
दुर्घटना
सिन्धुपाल्चोक, ४ माघ /सिन्धुपाल्चोकको खाडिचौर जिरी सडक खण्डको ८ किलोमा ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ ।
दोलखाबाट काठमाडौं जाँदै गरेको मालबाहक ट्र्कले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलाई खाडिचौर जिरी सडक खण्ड को ८ किलो नजिकै ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
मधेश प्रदेश ०३-००२ ख ०५३४ नम्बरको ट्रकले बागमती प्रदेश ०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगलागी भएको र मोटरसाइकलमा लागेको आगोमा परी चालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।





