
टुर दी पोखरामा फाइन तस्बिर
पोखरा, ६ पुस/ सातौं सस्करणको ‘टुर दि पोखरा’को तयारी सुरू भएको छ । साइकल सिटी पोखराको आयोजना तथा पोखरा महानगर पालिका कार्यालयको सहयोगमा पुस १३ गते हुन लागेको हो ।
‘स्वास्थ्यका लागि साइक्लिङ, वातावरण र पर्यटन’ भन्ने मुल उद्धेश्यका साथ ‘टुर डि पोखरा’ हुन लागेको संस्थाका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले जानकारी दिए् । शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर आयोजकले कार्यक्रम वारे जानकारी दिएको छ ।
टुर डि पोखरा’ अन्तर्गतको कार्यक्रमले पोखरा महानगर पालिकाको २४.५ किमि सडक क्षेत्र भित्र हुनेछ । पोखरा वडा नं ९ नयाँबजारबाट सुरु हुने टुर डि पोखरा’ सोही ठाउँमा आएर सम्पन्न हुनेछ ।
टुर डि पोखरा’का लागि पोखरेलीहरु संगै लुम्बिनी, बागमती प्रदेशबाट समेत साइकल यात्री आउने आयोजकले जनाएको छ ।
यसै बीच हालै मात्र पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्र्याकको गुरुयोजनाका लागि पोखरा महानगर पालिकाले विकास साझेदार संग छलफल अघि बढाएको छ ।
साइकल ट्रयाक एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने छ ।





