२५ औं आदर्श कपको उपाधी कास्कीलाई

-


     क्लिक गण्डकी     
     मंसिर ३० गते २०८१ मा प्रकाशित


२५ औं आदर्श कपको उपाधी कास्कीलाई

२५ औं आदर्श कपको उपाधी कास्कीलाई

पोखरा, ३० मंसिर/ पोखराको लेखनाथमा आयोजित २५ औं आदर्श कप फुटबल प्रतियोगिताको उपाधी एन्फा कास्कीले हात पारेको छ ।

फाईनल खेलमा कास्कीले सशस्त्र प्रहरीलाई २–१ को गोलले हरायो । च्याम्पीयन बनेको कास्कीले उपाधीसँगै नगद ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो ।

उपविजेता सशस्त्र प्रहरी वल गण्डकी प्रदेशले नगद २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा उत्कृष्ट मिडफल्डरमा कास्की ११ का अंकित गुरुङ, सर्वाधिक गोलकर्तामा सशस्त्रका प्रविन साङते, उत्कृष्ट डिफेन्डरमा सशस्त्र कै सन्तोष श्रेष्ठ,उत्कृष्ट गोलरक्षकमा कास्की ११ का आयुस गुरुङ, उत्कृष्ट कोचमा कास्कीका योगेन्द्र थकाली र उत्कृष्ठ खेलाडीमा कास्की कै अनिस तामाङले नगद सहित पुरस्कृत भए ।

प्रतियोगितामा गण्डकी प्रदेशबाट ८ टिमको सहभागिता भएका थिए । विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै संघिय सासंद मनबहादुर गुरुङ, आयोजक आदर्श युवा क्लवका अध्यक्ष पदम गुरुङ, सचिव सन्तोष गुरुङ, पुर्वअध्यक्ष विजय गुरुङ, क्लवका सस्थापक अध्यक्ष चेत बहादुर गुरुङ लगाएतले पुरस्कार वितरण गरे ।



Tags: