सफलता कृषि सहकारीको अध्यक्षमा तारा ढकाल बराल
पोखरा, ११ कार्तिक/ पोखरा महानगरपालिका वडा नम्बर ७ स्थित सफलता महिला कृषि सहकारी संस्थाको अध्यक्षमा तारा ढकाल बराल निर्वाचित हुनु भएको छ । सहकारीको दशौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले बराललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्ष प्रमिला बराल, सचिव लक्ष्मी तिमिल्सीना अधिकारी, कोषाध्यक्ष सृजना बराल र सहसचिव कमला बराल चयन भए । कार्यसमिति सदस्यमा परिना बराल, तारा अधिकारी भण्डारी, गंगा बराल, सरस्वती कोइराला, हरिमाया बराल, गंगा अधिकारी र सपना अधिकारी छन् ।
यस्तै, लेखा समिति संयोजकमा सुजिता ढकाल बराल, सदस्यमा सुनिता पौडेल र ऋण संयोजकमा विजया बराल चयन छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्यले सहकारीले कृषि उत्पादनको काम अगाडी बढाउने हो भने आफ्नो व्यक्तिगत र संस्थागत रुपमा साथ सहयोग रहने बताउनुभयो ।
उहाँले सहकारीका ७ सिद्धान्तबाट विचलित नभई काम गर्नुपर्नेमा जोड दिदै आफ्ना वडा भित्रका कृषकलाई संरक्षण प्रर्वद्वन गर्न वडा कार्यालय तयार रहेको बताउनुभयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष दुर्गा अधिकारीले संस्थाले उदेश्य अनुरुप काम गर्दै उत्पादनको क्षेत्रमा सोचे जस्तो काम गर्न नसकेको स्वीकार्दै सहकारीले आलु, अदुवा, वेसार उत्पादन गर्न सुरु गर्ने तयारी गरेको बताउनुभयो ।
महिला उद्यमशीलताको विकासका लागि सहकारीले विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्न तर्फ जोड दिनुभयो । कार्यक्रममा अन्नपूर्ण टेडिङ्गका प्रमुख डाक्टर मेखबहादुर खत्री, महिला क्लब पोखराका अध्यक्ष मिना आचार्य, क्रियाशिल महिला विकास कृषि सहकारीका अध्यक्ष मनमाया बराल, लेखा समिति संयोजक नारायणी बराल लगायत बोल्नुभएको थियो ।
कार्यक्रममा ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा।लि।को आधिकारीक विक्रेता अन्नपूर्ण टेडिङ्ग (रत्नम दानेदार अर्गानिक मल) ले ५० केजी अर्गानिक मल सहकारी संस्थालाई प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तारा ढकालले स्वागत, सचिव प्रमिला बरालले कार्यक्रम सञ्चालन र सदस्य लक्ष्मी तिल्मिसिना अधिकारीले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् । उक्त अवसरमा जेष्ठ नागरिक आमा भागीरथी बराल, उत्कृष्ठ बचत कर्ता विष्णु पौडेल, उत्कृष्ठ ऋणी देवकुमारी (अम्विका) तिवारीलाई सम्मान गरिएको थियो ।