‘एमेच्युअर फुटबल’मा बिहीबारदेखि क्वाटरफाइनलका खेल

-


     क्लिक गण्डकी     
     असाेज १६ गते २०८१ मा प्रकाशित


फुटबल

फुटबल

पोखरा, १६ असोज/ पोखरा महानगरपालिका १५ नयाँगाउँमा जारी विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता आज प्रिक्वाटरका ९ खेल सम्पन्न भएका छन् ।

कार्यक्रम संयोजक विकास गुरुङका अनुसार आज भएको पहिलो खेलमा खाल्टे एफसीले रानीपौवा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्याे । यस्तै अर्काे खेलमा एके हाउसले गण्डकी प्रदेश टिमलाई ४–३ गोल अन्तरले हरायो ।

तेसो खेलमा चाउँथे एफसीले सेभेन ट एटलाई ३–२ गोलअन्तरले पराजित गर्याे । चौथों खेलमा ग्रुप म्यासअपले नयाँगाउँ ब्रदर्शलाई १–० को फराकिलो गोल अन्तरले पराजित गर्याे । पाँचौ खेलमा नव प्रतिभाले डिटिसीलाई ३–१ गोल अन्तरले पाखा लगायो ।

छैटौं खेलमा मिलन टोलले केएनबीलाई पेनाल्टीमा ३–२ गोलले पराजित गर्याे । सातौं खेलमा बिवाइसीले वी आर वनलाई १–० गोल अन्तरले हरायो । आठौं खेलमा एसएन ब्रदर्शले रमाइलो एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हरायो ।

आज भएको अन्तिम खेलमा याम ब्रदर्शलाई प्रिस्कियस ब्यूटी नयाँगाउँले २–० गोल अन्तरले पराजित गर्दै क्वाटरमा प्रवेश गर्याे ।
अब बिहीबार क्वाटरसँगै सेमिफाइनलका खेल सम्पन्न गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल २६ टिमको सहभागिता रहेको छ ।

नयाँगाउँ युवा क्लबको विशेष सहयोगमा पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । भने, एउटा अनुशासित टिमलाई नगद रु ५ हजार प्रदान गरिनेछ ।