पोखरामा नामी इभीको आक्रर्षण, दुई दिनमा ४० बढि बुकिङ

-


     क्लिक गण्डकी     
     असाेज १५ गते २०८१ मा प्रकाशित


पोखरामा प्रिमियम र स्मार्ट इभी नामी सार्वजनिक

पोखरामा प्रिमियम र स्मार्ट इभी नामी सार्वजनिक

पोखरा, १५ असोज/ दिपल, सेरेस र नामी इभीको नेपाली वितरक एमएडब्लु वृद्धिले पोखरामा ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ चलिरहेको छ ।

पोखरा इभेन्ट सेन्टर, बुलौंदी –०६ मा बुधबार सम्म चल्ने ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ मा ग्राहको आक्रर्षण नामीमा देखीएको छ । दुई दिनमा ४० भन्दा बढिको बुकिङ भएको पोखराको आधिकारिक बिक्रेता भट्टराई एन्ड ब्रदर्सका संस्थापक अम्बिका महोन भट्टराईले जानकारी दिए ।

एमएडब्लु वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नेछन् । जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । नामी इभीमा ७ किलोवाटको चार्जर पाउनेछन् ।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन् । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्नेछन् ।

नामीलाई सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट मानिएको छ । एक महिनाअघि काठमाडौंमा सार्वजनिक भएको नामी इभी नाडा अटो सोमा ७१७ युनिट बुकिङ भएको थियो ।

नामीले लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंङ टेबल टपसहितको पेसेन्जर ड्रअर पनि छ । यो फ्युभरिस्टिक ह्याचब्याक इभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ जसको मूल्य २९.९९ लाखदेखि ३४.९९ लाख रुपैयाँ रहेको छ ।

नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर, १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिंग फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु छन् ।