चांगानले पोखरामा सार्वजनिक गर्यो दिपल इभी

-


     क्लिक गण्डकी     
     असाेज १३ गते २०८१ मा प्रकाशित


चांगानले पोखरामा सार्वजनिक गर्यो दिपल इभी

चांगानले पोखरामा सार्वजनिक गर्यो दिपल इभी

पोखरा, १२ असोज/ नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालले दिपल इभीहरुलाई पोखरामा सार्वजनिक गरेको छ ।

शुक्रबार पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापा, नेपाली क्रिकेट लेजेन्ड तथा दिपल इभीका ब्रान्ड एम्बास्डर पारस खड्का सार्वजनीक गरे ।

चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन थापा तथा डाइरेक्टर सौरभ थापा रहेका छन् । फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ इभी सार्वजनिक गरेका हुन् ।

दिपल इभी सार्वजनिक गर्दै मन्त्री बिन्दुकुमार थापाले पोखरामा चांगानको सफलताको कामना गरे । दिपल इभीका ब्रान्ड एम्बास्डर नेपाल क्रिकेट संघका सचिव समेत रहेका पारस खड्काले दिपल इभी भ्यालु फर मनि भएको बताए ।
चांगान पोखराकी संस्थापक मिलन थापाले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताए ।

त्यसैगरी, चांगान नेपालका मार्केटिंग हेड रमेश दनेखूले एमएडब्लु ग्राहक सन्तुष्टिमा प्रतिबद्ध रहेको बताए । ‘चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको छ ।

जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नुहुनेछ भने नामी इभीमा ७ किलोवाटको चार्जर पाउनेछन् । ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनुहुनेछ ।