पोखरा- काठमाडौं- पोखरा यात्रामा श्री एयरलाइन्सको एउटा टिकट किन्दा अर्को सित्तैमा

-


     क्लिक गण्डकी     
     भाद्र २४ गते २०८१ मा प्रकाशित


पोखरा काठमाडौं पोखरा यात्रामा श्री एयरलाइन्सको एउटा टिकट किन्दा अर्को सित्तैमा

पोखरा काठमाडौं पोखरा यात्रामा श्री एयरलाइन्सको एउटा टिकट किन्दा अर्को सित्तैमा

पोखरा, २४ भदौ/ श्री एयरलाइन्सले पोखरा- काठमाडौं–पोखरा उडान गर्नेलाई १ टिकट खरिद गर्दा अर्को सित्तैमा दिने भएको छ ।

असोज ४ गतेसम्म श्री एयरलाइन्सले पोखरा–काठमाडौं वा काठमाडौं–पोखरा यात्रा गर्दा एउटा किन्दा एउटा टिकट निःशुल्क दिने भएको हो ।

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले एक टिकट किन्दा अर्को निःशुल्क दिने अफर ल्याएको बताए ।

भदौ २३ गते देखी असोज ४ गतेसम्म खरिद गर्नेले उक्त सुविधा पाउने उनले बताए । खरिद गरेको टिकटबाट असोज १४ सम्म यात्रा गरिसक्नुपर्ने मानन्धरले बताए ।

जहाज थप्दै गएको कम्पनीले सीआरजेट २०० र सीआरजेट ४०० बाट नेपालका विभिन्न गन्तव्यमा उडान भर्दै आएको छ ।