
नुनको मूल्य बढ्यो
पोखरा, १८ असार/ साल्ट ट्रेडिङ कर्पोरेसनले नुनको मूल्य बढाएको छ । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको मूल्य बढाउने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जानकारी दिए ।
यसअघि २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य २६ रुपैयाँ प्रतिकेजी पुगेको छ । थोक मूल्य प्रतिकिलो मूल्य २३ रुपैयाँ पु¥याइएको छ ।
न्यु शक्ति नुनको किलोको थोकमा १७ र उपभोक्ता मूल्य २० रुपैयाँ पुगेको छ । भानु नुन किलो ९ रुपैयाँ पुगेको छ ।





