पोखरा १३ लाई हेमजा भेट्रान्स कप फुटबलको उपाधि

-


     क्लिक गण्डकी     
     असार ८ गते २०८१ मा प्रकाशित


पोखरा १३ लाई हेमजा भेट्रान्स कपको उपाधि

पोखरा १३ लाई हेमजा भेट्रान्स कपको उपाधि

पोखरा, ७ असार/ हेमजा भेट्रान्स कप फुटबलको उपाधि पोखरा १३ ले हात पारेको छ । शुक्रबार भएको फाईनल खेलमा वडा न १३ ले १२ लाई ३–० गोल अन्तरले पराजित गदै बिजेता बन्यो ।

खेलको ७ औं मिनेटमा नरेन्द्रजगं गुरुङले पहिलो गरे । राजकुमार गुरुङले खेलको ६२ र ६६ औं मिनेटमा गरि थप २ गोल गर्न सफल भए । वडा नम्बर १२ ले उप–विजेतामा नै चित्त बुझायो ।

प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार ११ र उप–बिजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे । साथै वडा न १२ का नितेस श्रेष्ठ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हदै नगद ५ हजार साथमा ट्रफी प्राप्त गरे ।

वडा नम्बर १३ का राजकुमार गुरुङ सर्वाधिक गोलकर्ता, खेमबहादुर गुरुङ उत्कृष्ट गोलरक्षक ,अमित परियार वेष्ट डिफेन्डर, बिजय कुमार वेष्ट मिडफिलड, नेरेन्द्रजगं गुरुङ बेष्ट फरवार्ड धोषित हुदै प्रत्यक विधामा नगद २ हजार साथमा ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा पोखरा महानगरपालिका १३ वटा वडाका १४ टिमको सहभागिता रहेको थियो ।

हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखरा–२५ हेमजा, गौरीशंकर खेलमैदानमा असार १ गते देखि जारी अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ शुक्रवार दर्शकको उल्लेखेनिय उपस्थितिका साथ सम्पन्न भयो ।