
दोस्रो मदरल्याण्ड एसईई कप फुटसल बिहीबार देखी
पोखरा, ३० जेठ/ पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविमा बिहीबार देखी हुने एसईई कप फुटसल प्रतियोगिता तयारी पुरा भएको छ ।
तीन दिन सम्म चल्ने प्रयितोगितामा ७२ टिमले भाग लिएको विद्यालयका प्लस टु कोडिनेटर नारायण आचार्यले जानकारी दिए ।
प्रतियोगितामा विभिन्न निजी र सामुदायिक विद्यालयबाट एसईई दिएका विद्यार्थी टिम बनाएर सहभागि छन् ।
फुटसल प्रतियोगिताको उपाधि जित्ने टिमले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी उपविजेताले नगद २० हजार, तेस्रो हुनेले नगद १० हजार र चौथो हुनेले नगद ५ हजार पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।