
यू– १५ विद्यालय खेलकुदमा बुद्धिचाल प्रतियोगिता शुरु
पोखरा, ३० जेठ/ यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० अन्र्तगत बुद्धिचाल पोखराको लेकसाइडमा शुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको संयूक्त आयोजनामा प्रतियोगिता अन्र्तगत बुद्धिचाल बुधबारबाट शुरु भएको हो ।
प्रतियोगितामा सात प्रदेशका छात्र/छात्रा गरि दुई टोलीका चार चार जना गरि ५६ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताका चिफ आर्विटर बालराम पुनले जानकारी दिए ।
राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।
भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा आज पहिलो दिन ३ वटा खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।