यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत बास्केटवल खेल सुरु, गण्डकीको विजयी सुरुवात

-


     क्लिक गण्डकी     
     जेठ ३० गते २०८१ मा प्रकाशित


यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत बास्केटवल खेल सुरु, गण्डकीको विजयी सुरुवात

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत बास्केटवल खेल सुरु, गण्डकीको विजयी सुरुवात

पोखरा, ३० जेठ/ पोखरा रङ्गशालामा आजबाट सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेल समेत सुरु भएको छ । आज भएको छात्रा तर्फको पहिलो खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।

आजको खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ६ को बिरुद्ध फराकिलो २३ स्कोरको अन्तरले पराजित गरेको हो । गण्डकीको जितमा जेनियम श्रेष्ठले ६ स्कोर गर्नु भएको थियो ।

त्यसै गरी आज भएको छात्र तर्फको खेलमा गण्डकीले जित हासिल गरेको छ । गण्डकीले लुम्बिनी प्रदेशलाई ४५–२७ को स्कोरले पराजित गरेको हो । गण्डकीको जितमा सौभाग्य पुनले १९ स्कोरको योगदान दिनु भयो ।

दोश्रो खेलमा कर्णाली प्रदेशले मधेष प्रदेशलाई १९–४ को स्कोरले जित निकाल्यो । कर्णालीको जितमा सृजना बडुवालले १५ स्कोरको योगदान दिनु भयो । छात्र तर्फ भएको खेलमा प्रिन्स कुसुवाको १८ स्कोरको मद्धतले मधेश प्रदेशले कर्णाली प्रदेशलाई ३१–२९ स्कोरले पराजित गरेको छ ।

आज लिग चरणका खेलहरु पोखरा रंगशालाको बास्केटवल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा जारी रहेका छन् । प्रतियोगितामा छात्रा तर्फ सुदुर पश्चिम प्रदेश बाहेक अन्य ६ प्रदेश र छात्र तर्फ ७ प्रदेशको सहभागिता रहेको छ ।

बिहान ७ः०० बजे देखि खेल सुरु हुने भनिए पनि प्राविधिक कारणवश करिब साँढे २ घण्टा पछि मात्र खेलहरु सुरु भएको थियो ।



Tags: