गण्डकीको नीति तथा कार्यक्रम, पोखरा जाउँ, प्रकृति र संस्कृति संग रमाउ

-


     क्लिक गण्डकी     
     जेठ २९ गते २०८१ मा प्रकाशित


गण्डकी प्रदेशसभा

गण्डकी प्रदेशसभा

पोखरा, २९ जेठ/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । मंगलबारको संसद बैठकमा प्रदेश प्रमुख भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

नीति तथा कार्यक्रममा ‘जनतासँग प्रदेशसभा कार्यक्रम’ सञ्चालन गर्ने, कृषि, स्वस्स्थ, शिक्षा, उद्योग र पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकता दिई ल्याएको छ ।

त्यसै गरी प्रदेशसभा भवन निर्माण गर्ने, प्रदेश प्रशासनिक केन्द्र र कर्मचारी आवास केन्द्र बनाउन अध्ययन प्रतिवेदन बनाउने नीति तथा योजनामा उल्लेख छ । झोलुङ्गे पुल निर्माण र मर्मत–सम्भारलाई प्राथमिकता दिने प्रदेश सरकारको नीति छ ।

पोखरामा बहुतले पार्किङ भवन बनाउन प्रोत्साहन गर्ने प्रदेश सरकारले घोषणा गरेको छ । अन्तरदेशीय नाका र अन्तरप्रदेश नाकामा पूर्वाधार निर्माण गरेर सुरक्षा व्यवस्था चुस्त पार्ने नीति सरकारले लिएको छ ।

कृषि क्षेत्रलाई बिशेष प्राथमिकतामामा राखिएको नीति तथा कार्यक्रममा कृषि बिमा प्रिमियममा सहुलियत दिने, कृषि कर्जामा ब्याज अनुदान दिने कुरा पनि उल्लेख छ। यसका साथै प्रदेश सरकारको साझेदारी– बाँझो रहन्न खेतबारी, मोबाइल माटो अस्पताल, १ निर्बाचन क्षेत्रमा १ प्रबिधि मैत्री कृषि फर्म, १ वडा १ उत्पादन, बाँदरको अतिक्रमण रोक्न कृषि हेरालोको प्रबन्ध गर्ने जस्ता कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पोखरा जाउँ, प्रकृति र संस्कृति संग रमाउँ, पहिले घरदेश अनि परदेश, राउण्ड फेवा–भ्यु फेवा जस्ता पर्यटन अन्तर्गत उल्लेख गरिएको छन् । नीति तथा कार्यक्रमलाई आधार मानेर आगामी १ असारमा अर्थमन्त्री डा. टकराज गुरुङले संसदमा बजेट प्रस्तुत गर्ने छन् ।



Tags:

This will close in 10 seconds