विश्वकप खेल्न सन्दीप लामिछाने वेस्ट इन्डिज पुगे

-


     क्लिक गण्डकी     
     जेठ २८ गते २०८१ मा प्रकाशित


सन्दीप लामिछाने

सन्दीप लामिछाने

पोखरा, २८ जेठ/ क्रिकेटर सन्दीप लामिछाने आइसिसी ट्वान्टी–२० विश्वकपका लागि वेस्ट इन्डिज पुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सोमबार बिहान विज्ञप्ति जारी वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्नेछन् ।

नेपालले आगामी शनिबार दक्षिण अफ्रिका र सोमबार बंगलादेशको सामना गर्नेछ । उनका अनुसार सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने छन् । उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै क्यानले सन्दीपलाई समावेश गर्दै युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गरेको सचिव खड्काले जनाए ।

सचिव खड्काका अनुसार सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसी सामु पेश गरेको थियो । अमेरिकाले २ पटक सन्दीपलाई भिषा दिन अस्विकार गरेको थियो । जसका करण उनले नेदरल्यान्ड्स र श्रीलंकाविरुद्धको खेल गुमाउनु परेको हो ।

लामिछाने टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन् । लामिछानेले आफू वेस्ट इन्डिज पुगेको फेसबुक मार्फत जानकारी दिए । वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आवद्ध भएको जनाउँदै उनले आफ्नो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको जनाएका छन् ।

उनले आफ्नो भिसा र क्यानका पदाधिकारीको नाम जोडेर भएका झूटा प्रचारको पछि नलाग्न आग्रह गरेका छन् । लामिछानेले आइसीसी र सबै सम्बन्धित आधिकारिक नेटवर्कहरूसँगको समन्वयले टी–२० विश्वकपमा भाग लिन सम्भव भन्दै क्यानका पदाधिकारीलाई धन्यवाद दिएका छन् ।