काठमाडौंमा जारी भलिबल लिगमा गण्डकीले हेल्प नेपाललाई हरायो

-


     क्लिक गण्डकी     
     जेठ २३ गते २०८१ मा प्रकाशित


भलिबल

भलिबल

पोखरा, २३ जेठ/ गण्डकी प्रदेशले आठौं प्रधानमन्त्री एनभिए भलिबल लिगको पुरुषतर्फ टिपटप हेल्प नेपाललाई हराएको छ । गण्डकीले हेल्प नेपाललाई ३–२ ले हराएको हो।

गण्डकीले २७–२५,२१–२५,२८–३०,२५–२१,१५–९ ले हराएको हो । गण्डकीका रमन कुमार प्लेयर अफ दि म्याच हुन सफल भए ।

त्यसअघि विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा जित दर्ता गरेको छ ।
यस जितसँगै पुलिसले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । पुलिसको ५ खेलबाट १४ अंक पुगेको छ । पहिलो हार बेहोरेको आर्मीको खेलबाट १२ अंक छ ।

पुरुषतर्फ सुदुरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको छ । कोशीको भने यो लगातार पाँचौं हार हो ।

महिलातर्फ कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा परजित गर्दै नेपाल पुलिस क्लबले फाइनल पुगेको छ । पुलिस अपराजित रहँदै फाइनलमा पुगेको हो ।

सर्वाधिक पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ लिगमा प्रदान गरिने संघले जनाएको । लिगको दुवैतर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवैतर्फको उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, सेटर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।