पोखरामा बैशाख अन्तिम साता क्रस लेक खुल्ला पौडी प्रतियोगिता

-


     क्लिक गण्डकी     
     वैशाख २१ गते २०८१ मा प्रकाशित


पोखरामा बैशाख अन्तिम साता क्रस लेक खुल्ला पौडी प्रतियोगिता

पोखरामा बैशाख अन्तिम साता क्रस लेक खुल्ला पौडी प्रतियोगिता

पोखरा, २१ बैशाख/ पर्यटकीय राजधानी पोखराको फेवातालमा बैशाख अन्तिम साता क्रस लेक खुल्ला पौडी प्रतियोगिता हुने भएको छ ।

स्वास्थ्यका लागि पौडी, राष्ट्रका लागि खेलाडी र पर्यटन प्रवद्र्धनमा हाम्रा ताल र पौडी भन्ने नाराका साथ बैशाख २९ गते पौडी प्रतियोगिता हुन लागेको हो ।

आयोजक गण्डकी प्रदेश पौडी संघले शुक्रबार पत्रकार सम्मेलनको गरी प्रतियोगिताको तयारी थालेको जानकारी दिएको छ । गण्डकी प्रदेश पौडी संघको आयोजना र पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोगमा हुने प्रतियोगितामा तीन विद्यामा आयोजना गरिने गण्डकी प्रदेश पौडी संघका अध्यक्ष आनन्द कुँवरले जानकारी दिए ।

नेपाली पुरुष, महिला र विदेशी गरी पाँच सय मिटर खुल्ला पौडी प्रतियोगिता हुने छ । जसमा पुरुष र महिला दुवै विद्यामा प्रथम हुनेले नगद १० हजार, अवाडर्, तक्मा र प्रमाणपत्र, दोश्रो हुनेले नगद ८ हजार तक्मा र प्रमाण पत्र र तेश्रो हुनेले नगद ५ हजार तक्मा र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी विदेशी तर्फ प्रथम हुनेले आक्रर्षक उपहार, अवार्ड, तक्मा र प्रमाणपत्र, दोश्रो हुनेले कुपन, तक्मा र प्रमाणपत्र र तेश्रो हुनेले कुपन, तक्मा र प्रमाणपत्र प्राप्त गर्नेछन ।

फेवातालको पानी सफा र स्वच्छ छ र पानीमा हुने खेललाई प्रवद्र्धन गर्नका लागि पौडी प्रतियोगिता गर्न लागिएको र प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तर दिने पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णु बहादुर भट्टराइले बताए ।