मुस्ताङमा लेक लागेर भारतीय तिर्थालुको मृत्यु

-


     क्लिक गण्डकी     
     चैत्र १८ गते २०८० मा प्रकाशित


शव

मुस्ताङ, १८ चैत /मुस्ताङमा लेक लागेर एकजना भारतीय तिर्थालुको मृत्यु भएको छ ।

मुक्तिनाथ दर्शनका लागि गएकी भारत गुजरातकी ६५ वर्षीया जानी तरुणा बेनको टुकुचेमा लेक लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनी मुक्तिनाथ दर्शन गरेर फर्कँदै थिइन् । अचानक बिरामी भएकी जानीलाई उपचारको लागि मुस्ताङ अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।