सहकारीका सिद्धान्तलाई आत्मसाथ नगर्दा समस्यामाः कार्यबाहक प्रमुख गुरुङ

-


     क्लिक गण्डकी     
     चैत्र १६ गते २०८० मा प्रकाशित


सहकारीका सिद्धान्तलाई आत्मसाथ नगर्दा समस्यामाः कार्यबाहक प्रमुख गुरुङ

सहकारीका सिद्धान्तलाई आत्मसाथ नगर्दा समस्यामाः कार्यबाहक प्रमुख गुरुङ

पोखरा, १६ चैत/ पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले सहकारीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण समस्यामा परेको बताउनु भएको छ ।

६७ औँ सहकारी दिवसको २०८० को अवसरमा पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखाको आयोजनामा सरकारी संघसंस्थाहरुसंग आयोजना गरिएको अन्र्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,“ सहकारीका सिद्धान्तलाई आत्मसाथ नगर्दा अहिलेको अवस्था सृजना भएको छ । त्यसैले सहकारीको मर्म र भावना अनुसार सञ्चालन गर्नुपर्छ ।”

उहाँले सहकारीहरु समस्याग्रस्त बन्दा बचकर्ताहरु पिडामा रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सञ्चालकहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सहकारीलाई कसरी अगाडी बढाउने र समृद्धिसंग जोडने भन्ने बारेमा यस्ता छलफलबाट निष्कर्ष निकाल्न सहज हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले सहकारी प्रति गुमेको विश्वासलाई बृद्धि गर्न सबैको भुमिका हुने बताउदै आर्थिक रुपमा आत्मनिर्भर बताउदै समानता कायम गर्न सहयोगी बन्ने उल्लेख गर्नुभयो ।

पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीहरुका साधारणसभा देखावटी, भत्ता र खाजाका कारण बिग्रिएको बताउनुभयो ।

साधारण सभामा शेयर सदस्यहरुले भत्तालाई प्राथमिकता दिने प्रचलनका कारण सहकारीहरु समस्यामा परेका छन् उहाँले भन्नुुभयो,“ सहकारीलाई व्यवस्थित बनाउने सञ्चालक र शेयर सदस्यहरुले हो हो तर भत्तामा ध्यान केन्द्रीत गर्ने अरु विषयमा ध्यान नदिदाँ समस्या देखियो ।” उहाँले सहकारीप्रति गुुमेको विश्वासलाई फर्काउने वातावरण सृजना गर्नुपर्नेमा जाड दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सहकारी रजिष्टार भेषराज रिजाल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापा लगायतले सहकारीका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने स्वागत सहकारी शाखाका प्रमुख अनिल कार्की र सञ्चालन सहकारी समितिका सदस्य दिपक आचार्यले गर्नुभएको थियो ।