आर्वामा चैत अन्तिम साता नवदुर्गा कप भलिबल प्रतियोगिता हुने

-


     क्लिक गण्डकी     
     चैत्र ११ गते २०८० मा प्रकाशित


चैत अन्तिम साता आर्वामा नवदुर्गा कप भलिबल प्रतियोगिता हुने

चैत अन्तिम साता आर्वामा नवदुर्गा कप भलिबल प्रतियोगिता हुने

पोखरा, ११ चैत/ नवदुर्गा क्लब पोखरा १३ आर्वाको आयोजनामा दोस्रो नवदुर्गा कप भलिबल प्रतियोगिता हुने भएको छ ।

युवाका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद नाराका साथ चैत २९ देखि बैशाख १ गते सम्म प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मनोज बरालले जानकारी दिए ।

रतनपाण्डे माविको खेल मैदानमा हुने प्रतियोगिताका विजेता र उपविजेताले क्रमश ३५ हजार र २० हजार नगदका साथमा मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव सुदर्शन बरालले जानकारी दिए ।

चैत २८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ भने दर्ता शुल्क ३ हजार तोकिएको उनले बताए । प्रतियोगितामा जिल्ला, प्रदेश र राष्ट्रिय खेलाडीले सहभागिता जनाउन पाउने छैनन् ।

भलिबल खेलप्रति युवाहरुलाई आकर्षित गर्दै प्रोत्साहन गर्ने र प्रभुधाम धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक आशीष थापाले बताए ।