नेपाले दियो पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य

-


     क्लिक गण्डकी     
     फागुन २९ गते २०८० मा प्रकाशित


नेपाले दियो पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य

नेपाले दियो पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य

पोखरा, २९ फागुन/ नेपालले पपुवा न्युगिनी विरुद्ध हङकङमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा १ सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन जोड्यो । पहिलो ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकको योगदान दिए ।

नेपालका कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाए । सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए ।

विनोद भण्डारी २२ बलमा २ चौका र १ छक्कासहित २७, रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए । लोकेश बम ६ बलमा २ छक्कासहित १४ रनमा रन आउट भए । विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट रहे । गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे ।

पपुवा न्युगिनीका असाद भालाले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १ १ विकेट लिए । फाइनलमा पुग्न नेपालले यो खेल जित्नुपर्ने हुन्छ ।